अदालतको आदेशपछि कथित बोक्सी घटनाको उजुरी दर्ता
कञ्चनरुप नपा-४ का ६८ वर्षीया भौली साहलाई कथित बोक्सीको आरोपमा गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ४८ वर्षीय रामप्रसाद साह, उनकी ३८ वर्षीया पत्नी सुनीता साह, १८ वर्षीया छोरी सुस्मिता साह र १६ वर्षीय छोरा रोहन साहविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले माघ २२ गते उजुरी दर्ता गरेको छ ।
पुनरावेदन अदालत राजविराजबाट जारी भएको परमादेश अनुसार हुलाक कार्यालयबाट ०७३ वैशाख १५ गते प्राप्त कथित बोक्सी आरोपको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर डिल्लीबहादुर चौहानले बताए ।
आरोपितहरूले कञ्चनरुप नपा-४ स्थित सार्वजनिक बाटोमा ०७२ चैत २१ गते कथित बोक्सी भन्दै गालीगलौज, कुटपिट गरेको आरोप लगाउँदै पीडितहरूले दिएको उजुरी प्रहरीले दर्ता नगरेपछि हुलाकबाट उजुरी पठाइएको बताए । चारैजना आरोपितहरू फरार रहेको प्रहरीले जनाएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…