अदानचुली गाउँपालिकामा नुनको अभाव, सेवाग्राहीलाई सास्ती

  ०८१ पुस ७ गते

अदानचुली गाउँपालिकामा आयोडिन युक्त नुनको अभाव हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । ०८१ कात्तिक पहिलो सातादेखि नुन अभावका कारण सेवाग्राहीले सास्ती खेप्दै आएका हुन् ।

अदानचुली गाउँपालिका-१ देखि ६ वडासम्मका ८ हजार ६५ जना नागरिक उक्त सेवाबाट वञ्चित भएका छन् । अदानचुली गाउँपालिका–२ का स्थानीय मोहनसिंह बुढाले यहाँ एक किलो नुनको हाहाकार भएको बताउनु भयो । ०८१ कात्तिक महिनादेखि स्थानीय तहका अधिकांश क्षेत्रमा अनुदानको ढुवानीमा आउने नुन श्रीनगर डिपोमा एक किलो पनि मौज्दात नहुँदा हाहाकार भएको स्थाउहाँको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अदानचुली शाखा श्रीनगर डिपो केन्द्रमा हाल एक किलोको एक प्याकेट समेत अनुदानको नुन नहुँदा गाउँपालिका भर नुनको हाहाकार भएको स्थानीयको भनाइ छ ।

जिल्लाका अन्य क्षेत्रहरूमा अनुदानको नुन पुगिसकेको भए पनि अदानचुली गाउँपालिकामा अहिलेसम्म नआउँदा नागरीकहरूले एक प्याकेटको ५० रुपियाँ तिरेर नुन खानु परेको स्थानीय कालिबहादुर थापाले गुनासो गर्नुभयो । गाउँपालिका भरीका नागरीक अनुदानको नुन लिनका लागि श्रीनगर बजारमा आउने गरेको समयमा ढुवानीमा अनुदान दिएको नौ रुपियाँको नुन नपाउँदा केही नागरिक रित्तो हात र केही नागरिक बजारमा एक किलोको ५० रुपियाँ तिरेर नुन लिनु परेको थापाको भनाइ छ ।

उहाँका अनुसार आफ्नो घरबाट ४ घण्टा लगाएर श्रीनगरको बजारमा आएको भ एपनि एक किलो नुन नपाउँदा स्थानीय रित्तो हातमा फर्कन बाध्य भएका छन् । विभिन्न राजनीतिक दलका नेताहरूले गाउँमा गएर पहिले भन्दा अहिले विकासको मुहार फेरेको बताए पनि आफूलाई दैनिक रुपमा आवश्यक पर्ने खाने नुनको समस्या हुँदा डिपोमा समेत नपाउँदा समस्या भएको छ ।

थापाले अहिलेको समयभन्दा एक दशक अगाडि माथिल्लो हुम्लाका केही नागरिकले ढिके नुन भए पनि घरदैलोमा पुर्‍याउने गरेको समय ठिक रहेको बताउनु भयो । यस्तै स्थानीय केन्द्रमा सवारी साधान गुडिरहेको समयमा नुन समयमै आइपुग्नु पर्ने भए पनि दशैँदेखि यता श्रीनगर डिपोमा एक किलो नुन समेत नहुँदा आफूजस्ता नागरिकलाई दुख मात्रै हुने गरेको थापाले बताउनु भएको छ ।

यता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले अनुदानको नुन ढुवानीका लागि सप्लायर्स कम्पनीलाई दिएको भए पनि अहिलेसम्म कम्पनीले नपुगाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड हुम्लाका प्रमुख राजबहादुर लामाले बताउनु भयो ।

प्रमुख लामाका अनुसार श्रीनगर डिपोमा चालु आर्थिक वर्षका लागि आवश्यक ९ सय कुइनटल नुन अनुदान ढुवानीको जिम्मा सप्लार्यस कम्पनीलाई दिइ सम्झौता भएको लामो समय हुँदासम्म नआउनु सम्लार्यस कम्पनीको कर्मचोरी रहेको बताउनु भयो । गाउँपालिका क्षेत्रमा अहिलेको समयमा यातायात र ढुवानका सवारी साधन सहज रुपमा आउ जाउ गरी रहेको भएपनि ठेकेदार कम्पनीले ढिलो ढुवानी गर्दा नागरिकहरूले मारमा परेका छन् ।


नन्द सिंह