अत्यावश्यक औषधि नपाउँदा एचआइभी सङ्क्रमितहरू जोखिममा
जिल्लामा रहेका एचआइभी सङ्क्रमितले खर्च अभावका कारण अत्यावश्यक औषधि एन्टीरेट्रो भाईरल (एआरभी) नामक औषधि नपाउँदा ज्यान जोखिममा परेको बताएका छन् ।
औषधी नपाउँदा जिल्लामा रहेका एचआइभी सङ्क्रमित समस्यामा परेको एचआइभी सङ्क्रमित लमजुङ सहयोगी सङ्घका अध्यक्ष साधुराम पण्डितले बताए । पण्डितले एचआइभी सङ्क्रमित एआरभी लिनको लागि पोखरा जानुपर्ने हुँदा खर्च बढ्न गएको हुँदा समस्या बढेको बताए ।
जिल्लामा १ सय ८७ जना एचआइभी सङ्क्रमितहरू रहेका छन् जसले विगतको समयमा विभिन्न गैह्रसरकारी संस्थाहरूले वितरण गर्ने औषधि सेवन गर्ने गरेतापनि हाल ती कार्यक्रमहरू नहुँदा एचआइभी सङ्क्रमित थप समस्यामा परेका हुन् ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले आगामी दिनमा एचआइभी सङ्क्रमितको लागि लमजुङमै औषधि वितरणको व्यवस्था मिलाउनका लागि पहल गर्ने बताए ।
दलबहादुर मजाकोटी
सम्बन्धित समाचारहरू
सिरिजङ्घा गाउँपालिका–३ मा महिला मतदाता कम
जिल्लामा रिक्त रहेको एक मात्र सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाको वडाध्यक्ष पदका लागि मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनमा कुल मतदाता एक हजार ५ सय २८ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ…
संक्रमणकालीन न्याय नागरिक निगरानी समितिद्वारा ध्यानाकर्षण
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति पारदर्शी र स्विकार्य हुनुपर्ने माग गर्दै संक्रमणकालीन न्याय नागरिक निगरानी समिति कोशी प्रदेशले जिल्ला प्रशासन कार्यालय…
सङ्क्रमणकालीन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिलाई सिफारिस गर्न मानव अधिकारकर्मीद्वारा ध्यानाकर्षण
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि निष्पक्ष र सक्षम व्यक्तिहरूलाई सिफारिस गर्न मानव अधिकारकर्मीहरूले ०८१ कात्तिक २८ गते ध्यानाकर्षण गराएका छन् ।…
निर्वाचन आयोगले देशका विभिन्न ठाउँमा तोक्यो निर्वाचन अधिकृत
स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । मङ्सिर १६ गतेका लागि तोकिएको उपनिर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीश, ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकिएको…
हत्या घटनाका आरोपित गिरफ्तार
डिलाशैनी गाउँपालिका–२ छेपट्टाकी २५ वर्षीया सुनिता बोहराको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय जेठानी दिपा बोहरालाई ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पारिवारिक विवाद हुँदा देउरानी सुनिताको टाउकोमा जेठानी…