अत्यावश्यक औषधि अभाव हुँदा बिरामीलाई समस्या
अत्यावश्यक औषधिहरुको अभावहुँदा बिरामीलाई समस्या भएको छ ।
निजी तथा सरकारी स्वास्थ्य संस्थामा अक्सिजनको अभाव भइरहेको समयमा बागलुङमा अति आवश्यक औषधिकोपनि अभाव हुन थालेको छ ।
जिल्लामा कोभिड–१९ ले विकराल रुप लिइरहेका बेला अत्यावश्यक औषधिको अभाव देखिएको धौलागिरी अस्पतालका एच.ए सरोज क्षेत्रीले बताउनुभयो ।
कोभिड–१९ सङ्क्रमितलाई ज्वँरो आएको समयमा प्रयोग गरिने सिटामोल, श्वासप्रश्वासमा समस्याहुँदा र एलर्जी भएको अवस्थामा प्रयोग गरिने डेक्जामेथाजोन, दुखाई कमगर्ने, सुन्निएको, चिलाएको अवस्थामाप्रयोग गरिने हाइडोकोटिजन, मुटु र किड्नीको समस्या भएका बिरामीले प्रयोग गर्दै आइरहेको हेपारिन तत्काल उपलब्ध हुन सकेन भने बिरामीलाई थप समस्या हुने उहाँले बताउनुभयो ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको समयमा र जारी रहेको निषेध आदेशको कारणले गर्दा सङ्क्रमितको उपचारका लागि प्रयोग हुँदै आएका औषधि अभाव हुन थालेको समानान्तर मेडिकाल फर्माका सञ्चालक शिशिर पन्तले बताउनुभयो ।
पछिल्लो एक सातादेखि सिटामोल, डेक्सामथेजोन, हेपारिन, हाइडोकोटिजनलगाएतका औषधिको अभाव भइरहेको उहाँले बताउनुभयो ।
१ हजार ३५ जना सक्रिय सङ्क्रमित रहेको जिल्लामा अधिकाशं सङ्क्रमित होम आइसोलेशनमा रहेको र उनीहरुका लागि चिकित्सकले सिफारिस गरेको सिटामोल लगाएतका औषधि पुरै सकेको पन्तको भनाइ छ ।
कोभिड–१९ सङक्रमण नभएकाहरुले पनि हाल औषधि किनेर घरघरमा राखेकोले अभाव हुन थालेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र वि पोखरेलले बताउनुभयो ।
‘बिरामी नभएकाहरुले पनि औषधि किनेर घरघरमा राख्नुभएको छ ।,’ –उहाँले भन्नुभयो– ‘यसले गर्दा अस्पतालले बिरामीलाई सिफारिस गरेका औषधिहरु मेडिकलमा पाइन छोडेको छ ।’
यसअघि सिटामोलको स्थानमा निम्स, फेलेक्सन, ब्रोफिन लगायतका औषधि प्रयोग गरिए पनि अहिले सङ्क्रमितहरुलाई यी औषधि प्रयोग नगर्न डाक्टर पोखरेलले सुझाव दिनुभयो ।
स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीको सल्लाहपछि मात्र औषधि सेवन गर्नुपर्ने उहाँको भनाइ छ ।
तर, जिल्लामा बढदो कोभिड–१९ सङ्क्रमणको अवस्था देखेर बिरामीले मात्र नभइ सर्वसाधारण सबैले औषधि किनेर राख्न थालेपछि वास्तविक बिरामीलाई औषधिको समस्या देखिन थालेको डाक्टर पोखरेलको भनाइ छ ।
‘औषधि पुरै सकिएको एक साताभन्दा बढी भइसक्यो, माथिबाट पठाउन आग्रह गरे पनि सबै तिर अभाव भएको कुरा आएको छ ।,’–धौलागिरीका होलसेल औषधि बिक्रेता समेत रहेका पन्तले भन्नुभयो,– ‘ट्रान्सपोट समेत बन्द हुँदा औषधि आयातमा थप समस्या भइरहेको छ ।’
स्वास्थ्य संस्थामा अक्सिजनको अभाव र औषधि पसलहरुमा समेत औषधि अभाव हुन थालेपछि जोखिम थप बढने एच ए क्षेत्रीको भनाइ छ ।
सो बारेमा कुरा गर्दा औषधि अभाव हुन नदिन आवश्यक पहल र समन्वय भइरहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।
‘अहिले नै शुन्य भएको अवस्था होइन, तर सिटामोल लगायतका औषधिको माग अधिक छ ।,’– उहाँले भन्नुभयो–‘अधिकांश सङ्क्रमितले यसको प्रयोग गर्ने र सङ्क्रमित नभएका परिवारले पनि घरमा सञ्चित गर्ने अवस्थाले केही अभावको सङ्केत देखिएको छ , हामीले सम्बन्धित स्वास्थ्यचौकी र बिक्रेतासँग समन्वय गरेर छिट्टै ल्याउँछौ ।’
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…