अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु
सोताङ गाउँपालिका–५ की ३० वर्षीया गंगा बस्नेतको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।
माघ १९ गते सोताङ प्राथामिक अस्पतालमा अप्रेशनमार्फत छोरालाई जन्म दिनु भएकी बस्नेतको रक्तश्राव नरोकिएपछि रगत अभावमा मृत्यु भएको जिल्ला अस्पताल फाप्लुका डाक्टर अजय चौधरीले बताउनु भयो ।
अप्रेशनपछि तत्काल नै रगत चाहिएको भएपनि रगत अभाव पश्चात सोताङ प्राथामिक अस्पतालले जिल्ला अस्पताल फाप्लु रेफर गरेको थियो ।
जिल्लाका कुनै पनि अस्पतालमा ब्लड बैंक नभएका कारण सुत्केरीलाई तत्काल रगत चाहिएमा उपलब्ध गराउन नसकिने डाक्टर चौधरीले बताउनु भयो ।
माघ १९ गते बिहान १० बजे सुत्केरीलाई जिल्ला अस्पतालमा ल्याइएको भएपनि उहाँको मुत्यु भइसकेको डाक्टर चौधरीले बताउनु भयो ।
शिशुको अवस्था सामान्य छ ।
सोताङ गाउँपालिका–५ मा माघ २० गते शवको सद्गत गरेको पीडितका भाई विष्णु बस्नेतले बताउनु भएको छ ।
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरेको छ ।
सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने उल्लेख छ ।
अञ्जु कार्की
सम्बन्धित समाचारहरू
२५ वर्षदेखि देउलीका स्थानीयलाई खानेपानीको समस्या
चंखेली गाउँपालिका–२ स्थित दार्म गाउँको देउलीका स्थानीयहरु विगत २५ वर्षदेखि खानेपानीको समस्या रहेको छ । खानेपानीको स्रोत नजिक नहुनु र बनेका योजना पनि गुणस्तरीय काम नभएका कारण खानेपानीको समस्या भएको…
छुट्टाछुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा कठिनाई
नेपालको संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरे पनि रसुवामा पाँच ओटै स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष अभावले न्याय सम्पादनमा कठिनाई भएको छ ।…
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…