अति सीमान्तकृत माझी समुदायको अवस्था– न राहत, न कोरोनाको सचेतना !
कोरोना भाइरस (कोभिड¬ १९) को सम्भावित महामारीलाई रोकथाम गर्न सरकारले लकडाउन घोषणा गरेको दुई साता बितेपनि हिलिहाङ गाउँपालिका – ७ का अति सीमान्तकृत आदिवासी जनजाति माझी समुदायले राहत नपाएकोले गुनासो गरेका छन् ।
खोलामा माछा मार्ने र मजदूरी गरेर जीवीकोपार्जन गरिरहेका माझीहरूले कुनै निकायबाट चैत २५ गतेसम्म राहत सामग्री नपाएकाले दैनिक उपभोग्य सागम्री अभावका कारण जीवन कष्टकर बन्न पुगेको गुनासो गरेका हुन् । “ज्याला मजदूरी गर्ने ठाउँ छैन, पहिले जस्तो खोलामा माछा पाइन छाड्यो”– स्थानीय बुद्धिमान माझीले भन्नुभयो– “यहि अवस्था रहने हो भने भोकभोकै मर्न पर्ने अवस्था आउन सक्छ ।” एक दर्जनको सङ्ख्यामा रहेका परिवारका सदस्यहरूलाई खाद्यान्नको अभाव भएको उहाँले बताउनुभयो । माझी उत्थान सङ्घका अध्यक्ष समेत रहेका जसबहादुर माझीले समेत राहत वितरण गर्न कोही नआएको बताउनु भयो ।
हेंवा र तमोर खोलाको किनारमा बसोबास गर्ने यी माझी समुदाय भने अझै यो महामारीबाट बच्ने उपायका बारेमा सचेतना नभएको देखिएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि चैत २४ गते यस क्षेत्रमा पुग्दा कोही पनि माक्स लगाएका, सेनिटाइजर र साबुन प्रयोग गरेका वा सामाजिक दूरी कायम गरेर बसेका पाइएन । अहिलेसम्म कसैले पनि यस बारेमा कुनै जानकारी नदिएको बुद्धिमान माझीले बताउनुभयो ।
वडाध्यक्ष तिलविक्रम इधिङ्गोले चैत २५ गते बस्ने बैठकबाट निर्णय हुने बताउनुभयो । राहत पाउनु पर्ने व्यक्तिहरूको सूचना सङ्कलन भइरहेको र बैठकपछि आवश्यकता अनुसार वितरण गरिने उहाँले जानकारी दिनुभयो ।
मङ्गल वेघा
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…