अञ्चल अस्पतालको सेवाः ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई कठिन !
बागलुङ नपा–७ सिगानाकी ८३ वर्षीया पवित्रा गौतम जेठ ६ गते बिहान १०ः३० बजेनै धौलागिरि अञ्चल अस्पताल आइपुगिन् ।
एक सातादेखि रुघा, खोकी र ज्वरोले च्यापेकी पवित्रालाई बुहारीले नातिसँग उपचार गराउनका लागि अस्पताल पठाएकी थिइन् । बिहानै अस्पताल आइपुगेकी पवित्राको नाम लेख्ने पालो दिउँसोको १ बजेसम्म पनि आएन ।
पछिल्लो समय विषेशज्ञ डाक्टरहरूको उपस्थिति र स्वास्थ्य बिमा गरेका बिरामीहरूले गर्दा अस्पतालमा निकै भिडभाड हुने गर्छ ।
दैनिकजसो अस्पतालको गेटबाट टिकट काउण्टरसम्म बिरामीहरूको लाम हुने गर्छ । अस्पताल प्रशासनले बिरामीको चापलाई मध्यनजर गर्दै लाममा बसेर पालैपालो नाम लेखाउने व्यवस्था मिलाएको छ ।
अस्पतालले नियम बनाएको भएपनि यो नियमले न्याय भने नगरेको अस्पतालमा उपचार गराउन आएका बागलुङ नपा–३ का सरोज क्षेत्रीको गुनासो छ ।
‘हामी एकदुई जनाले वृद्धवृद्धाको दुःख देखेर भएन ।’–क्षेत्री भन्छन्–“अस्पतालमा सयौँ मान्छेहरू उपचारको लागि आएका छन् । सबैको मन एउटै हुँदैन । शारीरिक रूपमा कमजोर भएका र वृद्धवृद्धाहरूको लागि छुट्टै व्यवस्था हुनुपर्ने हो ।”
घुँडा दुख्ने समस्या लिएर म्याग्दी जिल्लाको बराङजाबाट उपचार गराउन आएकी ७० वर्षीया गौरी बिकको पनि समस्या उस्तै छ ।
११ बजेबाट लाइनमा बसेकी गौरी पनि १ बजेसम्म टिकट काउण्टरसम्म पुग्न सकिनन् । ‘घंँडा दुखेर उभिइ राख्न सक्दिनँ । कतिबेला लाममै बस्छु । कतिबेला आफूभन्दा अगाडि र पछाडी बस्नेलाई पालो हेर्न भनेर छेउमा आएर बस्छु ।’–गौरीले भनिन् ।
अस्पतालको नाम लेखाउने काउण्टरमा मात्र होइन, नाम लेखाई सकेपछि जाँच गराउने स्थानमा पनि त्यस्तै लामो समय पालो कुर्न बस्नुपर्छ ।
बिहान ९ः३० बजे अस्पताल आएका बागलुङ नपा–१० भकुण्डेका शारीरिक रूपमा अपाङ्गता भएका ७५ वर्षीय लालबहादुर थापाले टिकट काउण्टर र चेकजाँच गराउने स्थानको लाइन पार गरी दिउँसो २ बजे मात्रै स्वास्थ जाँच गराए । डाक्टरले पिसाब जाँच गराउनु पर्छ भनेकोले थापा प्रयोगशालामा तेस्रो चरणको लाम बसिरहेको भेटिए ।
अस्पतालमा उपचार गराउन आउने बिरामी कोठैपिच्छे लाम बस्दाबस्दै हैरान भएको बताउ“छन् । अस्पताल प्रशासनले बिरामीको सहजताको लागि नाम लेखाउने स्थान, जाँच गर्ने स्थान, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे जस्ता सबै स्थानमा लाम बस्नुपर्ने व्यवस्था मिलाएको जनाउँदै आएको छ ।
अस्पतालमा बिरामीको चाप बढ्दो छ । दैनिक ३ सय भन्दा बढी बिरामीहरू उपचारको लागि आउने गरेका धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकारी तिर्थराज गौतम बताउ“छन् । बिरामीको चापलाई मध्यनजर गर्दै सबै सेवालाई व्यवस्थित बनाउने तयारी गरिएको गौतमले बताए ।
अस्पतालमा भौतिक संरचना अभावको कारणले सेवा प्रभावित भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सागर राजभण्डारीले बताए ।
‘हामीले गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र बालबालिकाको बारेमा नसोचेको होइन ।’–राजभण्डारीले भने–‘अस्पतालको निर्माणधिन भवन ११ वर्षदेखि अलपत्र छ । भौतिक संरचना अभाव भएको कारणले सबैको छुट्टाछुटै व्यवस्था गर्न सकिएको छैन ।’
ठेकेदार कम्पनी आशिष मिलेनियम भीमज्योति जयबाबा नयाँबाटो जेभीले २०६६ मा सुरू गरी २०७३ असार मसान्तसम्ममा भ्याटबाहेक ६ करोड ६० लाख रुपिया“मा निर्माण गरिसक्नुपर्ने भवनको काम अहिलेसम्म अलपत्र छ ।
त्यस्तै २०७० सालमा निर्माण सुरू भएको अस्पतालको अर्काे भवनको काम ठकेदार कम्पनीले एक वर्षदेखि अलपत्र छोडेको थियो । केही समययता सो भवनको निर्माण कार्य सुरू भएको र निर्माण कम्पनीले अबको एक महिनामा निर्माण सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने तयारी गरेको अस्पतालले जनाएको छ ।
अस्पतालको भवन निर्माण हुनासाथ ओपिडी, फार्मेसी र सबै डाक्टरहरूले छुट्छुटै कोठामा चेकजा“च गराउने गरी सबै सेवालाई व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरेको राजभण्डारीले बताए ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
नेपालकै पहिलो बालमैत्री नगरका ३३ जना बालबालिकामा कुपोषणको समस्या
बालमैत्री नगर घोषणाका लागि ०६६ देखि योजना तय गरी ०७३ वैशाख ३१ गते नेपालकै पहिलो बालमैत्री नगरका रूपमा घोषणा गरिएको विराटनगरमा ३३ जना बालबालिकामा कुपोषणको समस्या पाइएको छ । विराटनगर…
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…