अझै ७ हजार भन्दा बढी लाभग्राहीसँग अनुदान सम्झौता हुन सकेन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार १ गते हेटौँडामा आयोजना गरेको भूकम्पपीडितहरूको राहत र पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख पुष्पराज अधिकारीले ७ हजार ८ सय ३७ लाभग्राहीहरूसँग अनुदान सम्झौता नै हुन नसकेको बताएका छन् ।
'अनुदान सम्झौता हुन नसकेपछि उनीहरूलाई किस्ता पनि उपलब्ध गराउन सकिएको छैन ।'-उनले भने ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा कार्यालय प्रमुख अधिकारीले जिल्लाका ७ हजार भन्दा बढी भूकम्पपीडितहरूको आफ्नो नाममा एक धुर पनि जमीन नभएकाले सम्झौता हुन नसकेको बताए ।
उनीहरू वर्षौँदेखि ऐलानी जग्गामा बस्दै आएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो नाममा जग्गा नभएकाहरूसँग अनुदान सम्झौता नगर्ने नीति लिएकाले ऐलानी जग्गामा बस्ने भूकम्पपीडितहरूले उक्त समस्या व्यहोर्नु परेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हेटौँडा इकाईका प्रमुख अधिकारीका अनुसार मकवानपुरमा ३० हजार २ सय ३८ लाभग्राही छन् । तीमध्ये २२ हजार ४ सय १ लाभग्राहीसँग सम्झौता भएको छ । २१ हजार ६ सय ३३ लाभग्राहीले पहिलो किस्ताको अनुदान रकम लगिसकेका छन् ।
१ हजार ३९ लाभग्राहीले दोस्रो किस्ताको अनुदान रकम पनि बुझेर लगिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हेटौडा इकाईका प्रमुख अधिकारीले बताए । उनले भने-'गैरसरकारी संस्थाले ३ सय २७ लाभग्राहीलाई तेस्रो किस्ता पनि दिइसकेका छन् ।'
मकवानपुरका २६ हजार ९ सय ६८ जनाले गुनासो दर्ता गराएका थिए । तीमध्ये स्थानीय तह र पुनर्निर्माण प्राधिकरणबाट १९ हजार ७ सय गुनासाहरूको सुनुवाइ भइसकेको छ । अझै ४ हजार भन्दा बढी गुनासाहरूको सुनुवाइ हुन बाँकी रहेका छन् ।
प्रताप विष्ट
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…