अझै मतगणना सुरु हुन सकेन, मतगणना स्थलमा नाराबाजी

  ०७९ मङ्सिर ६ गते

प्रदेश सभा र प्रतिनिधि सभाको मतदान सकिएर सबै मतपेटिका सदरमुकाम मतगणना स्थल ल्याईसके पनि मङ्सिर ६ गते बिहान ८.५० बजेसम्म दोलखामा मत गणना हुन सकेको छैन ।

नेकपा एमालले केही मतदान केन्द्रमा सत्ता गठबन्धन दलले एकलौटी मतदान गरेको भन्दै पुन: मतदानको माग राखि सर्वदलीय बैठकमा अनुपस्थित भएपछि मतगणना हुन नसकेको हो ।

मत गणनामा ढिलाई भएपछि गठबन्धनका दल सम्बद्ध कार्यकर्ताले मतगणनास्थल बाहिर बिहानैदेखि नाराबाजी सुरु गरेका छन् ।

received_1400248667174415

सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताहरूले मतगणनामा ढिलासुस्ति गरेको भन्दै चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पस अगाडि मङ्सिर ५ गते दिउँसो पनि विरोध प्रदर्शन समेत गरेका छन् ।

गठबन्धनका कार्यकर्ताले मतगणना तत्काल सुरु गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरिरहेका हुन् ।

नेकपा एमालेले जिल्लाका पाँच ओटा मतदान केन्द्रमा गठबन्धनले बुथ कब्जा गरेको भन्दै पुनः निर्वाचनको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्सिर ५ गतेउजुरी दर्ता गरेको छ।

सो उजुरीलाई निर्वाचन आयोगमा पठाए पनि आयोगबाट कुनै निर्णय आएको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सहमतिका लागि सर्वदलीय बैठक बोलाए पनि एमालेले निर्वाचन आयोगको निर्णय विना मतगणना गर्न नहुने अडान लिएपछि बैठक विना निश्कर्ष टुँगिएको थियो ।

तामाकोशीको जफे, बैतेश्वरको गैरीमुदी र नाम्दु, मेलुङको भेडपु तथा गौरीशंकरको जुँगु मतदान केन्द्रको निर्वाचन रद्ध गरी पुनः मतदान गर्न एमालेले माग गरेको हो ।

गठबन्धनका दलहरूले भने जिल्लामा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भए पनि हार निश्चित भएपछि एमालेले बुथ कव्जाको आरोप लगाएको दावी गरेको छ ।

received_476688291112963


उद्धव पोखरेल