अज्ञात समूहको गोली प्रहारबाट युवा सङ्घका रुपन्देही जिल्ला अध्यक्षको हत्या
युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी देवदह नपा-६ खैरेनीका ३९ वर्षीय दुर्गा तिवारीको पुस ४ गते साँढे ३ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चढेर देवदह चोकदेखि घरतर्फजाँदै गरेको अवस्थामा उनलाई देवदह-८ मा मोटरसाइकलमै आएका अपरचित व्यक्तिले पछाडिबाट गोली प्रहार गर्दा गोली छातिबाट निस्किएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
गोली प्रहारबाट गम्भीर घाइते भएका तिवारीको देवदहस्थित देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।
उनको हत्या लगत्तै युवा सङ्घले अनिश्चितकालीन बन्दको घोषणा गर्दै प्रदर्शन सुरु गरेको छ । प्रदर्शन क्रममा प्रदर्शनकारीले राजमार्ग चौराहको प्रहरी बीटमा आगजनी गरेको जनाइएको छ । अहिले पनि आन्दोलन भइरहेको छ । अपराधीलाई गिरफ्तार नगरेसम्म बन्दलगायतका आन्दोलनका कार्यक्रम गरिने आन्दोलनकारीले जनाएका छन् ।
रिमा विसी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…