अज्ञात समूहद्वारा वडा सदस्यमाथि आक्रमण
राप्ती सोनारी गाँउपालिका-१ का वडा सदस्य ५२ वर्षीय टीकाराम बस्नेत साउन २३ गते राति अज्ञात समूहले गरेको आक्रमणबाट घाइते भएका छन् ।
पीडित आफ्नै घरमा बसेको अवस्थामा तीन जनाको सङ्ख्यामा आएका अपरिचत व्यक्तिले तपाइसँग एक छिन काम छ बाहिर आउनुस भन्दै बोलाएको र घरबाट केही टाढा पुगेपछि दुई जना व्यक्ति थप भई पाँच जना व्यक्तिले कुटपिट गरेको पीडितले बताए ।
कुटपिट गर्न थालेपछि पीडित कराएको आवाज आएपछि पीडितका आफन्तहरूले सुनेर आउँदा घटनामा संलग्न व्यक्ति भागेको टीकारामले बताए ।
अज्ञात समूहले कानमा बन्दुक राखेर कुटपिट गरेको घाइतेले बताएका छन् । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । पीडतको दाहिने गोडामा चक्कु प्रहार गरेको र बाँया गोडा भाँचिएको छ भने शरीरका अन्य भागमा निल डामहरू छन् ।
आफूलाई फोनबाट नेपाल कम्युनिष्ट पार्टी माओवादीका कार्यकर्ता सन्तोष बस्नेत भन्ने व्यक्तिले समय समयमा धम्की दिने गरेको बताउँदै उनले नै घटना गराएको हुनसक्ने घाइतेको आरोप छ ।
पीडित पक्षले साउन २४ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको छ । घटनामा संलग्न व्यक्तिले प्रयोग गरेको भे १ च १७३६ नम्बरको कार नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेश काफ्लेले बताए ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…