अज्ञात समूहद्वारा राप्रपाका उम्मेदवारको पोल्ट्रि फार्ममा आगजनी

  ०७४ जेठ १२ गते

त्रीवेणी नगारपालिकाका राप्रपाको तर्फबाट मेयरका उम्मेदवार हिमाल शाहीले सञ्चाल गरेको कुखुराको पोल्ट्रि फार्ममा जेठ ११ गते राति अज्ञात समूहले आगजनी गरेको छ ।

आगजनीबाट भौतिक संरचना, लत्ताकपडा, खटिया, टेबल, खातापाता लगायतका सामग्री गरी ३ लाख भन्दा बढीको क्षती भएको शाहीले बताएका छन् । राति ९ः३० बजेतिर अज्ञात समूहले आगो लगाएको उनको भनाइ छ ।

राति नै प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली घटना स्थल पुगेको र आगो कसले र किन लगाएको भन्ने अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी दलबहादुर वोगटीले बताए ।


पदम सिंह