अज्ञात समूहद्वारा राज्यमन्त्री खड्काको घरमा बम बिष्फोट
सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवम् नेपाली काङ्ग्रेसबाट बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार चम्पादेवी खड्काको घरमा मङ्सिर ४ गते राति बम बिष्फोट भएको छ ।
बागलुङ बजारको लालीगुराँस चोकस्थित राज्यमन्त्री खड्काको घरमा रातको ११ बजे बम बिष्फोट भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बम विष्फोटबाट कुनै मानवीय क्षति नभएपनि घरको भूइँतलामा सामान्य क्षति पुगेको छ । बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले जिल्लाको समग्र सुरक्षाको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरिएको भन्दै निर्वाचनको समयमा ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी थापाले खड्काको घरमा बम विष्फोट गराउने पक्षको खोजी कार्य जारी रहेको बताउँदै जिल्लामा जनतालाई शान्ति सुरक्षाको प्रत्याभुतिका लागि सुरक्षाका सबै संयन्त्र तैनाथ रहेको बताए ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयकमा संशोधन गर्न द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…