अज्ञात समूहद्वारा बाटो खन्न प्रयोग गरिएको जेसिबी डोजरमा आगजनी
अज्ञात समूहले वैशाख २६ गते कालिका प्यासेफिक जेभीको एउटा जेसिबी डोजरमा आगजनी गरेको छ । इस्मा गाउँपालिका-२ को रातचौरमा बिहान एक बजेतिर उक्त डोजरमा आगो लगाएको प्रहरीले जनाएको छ ।
२०५ नम्बरको जेसिबीले छल्दी-पनाहा-इन्द्रेगौडा सडकखण्डमा काम गरिरहेको ठेकेदार भरत कटुवालले जानकारी दिए । आगजनीबाट जेसिबी पुरै जलेर नष्ट भएको उनले बताए । उक्त डोजर जलेपछि मात्र थाहा पाएकाले कसले र किन लगाएको भन्नेबारे जानकारी नभएको कटुवालले बताए ।
'कसैसँग रिसइबी थिएन ।'-उनले भने-'अचानक घटना घट्यो ।' काम समयमै सक्ने गरी भइरहेको बेलामा उपकरण नै जलेपछि समस्या भएको उनको प्रतिक्रिया छ । त्यो सडक खण्डमा मात्र दुई ओटा जेसिबी रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी महेन्द्र नेपालले घटना घटाउनेहरूको खोजी कार्य जारी रहेको बताए । ठेकेदारहरूले धेरै जसो सडकहरूमा जेसिबीहरू बाटोमै राखेर लापरबाही गर्ने गरेको उनको प्रतिक्रिया छ । 'ठेकेदार र सञ्चालकहरू आफूले पनि निगरानी र सजकता अपनाउन पर्यो ।'-उनले भने-'समस्या परेपछि मात्र पछुताउने प्रवृत्ति छ ।' घटना स्थल नजिकै रहेको हस्तिचौर प्रहरी चौकीले घटनाको अनुसन्धान गरिरहेको डिएसपी नेपालले जानकारी दिए ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…