अज्ञात समूहद्वारा नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा आगजनी

  ०७३ फागुन १९ गते

नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा फागुन १८ गते राति अज्ञात समूहले आगजनी गरेको छ । पेट्रेल प्रयोग गरेर आगजनी गर्दा पार्टी कार्यालयको झ्याल डढेको तरूण दलका जिल्ला अध्यक्ष लक्ष्मण शाहीले बताए । उनले भने-'पेट्रोल प्रयोग गरेर आगजनी गर्दा पार्टी कार्यालयमा क्षति पुगेको छ ।'

आगजनी भएको खबर प्राप्त भएपछि नेविसङ्घमा आवद्ध विद्यार्थी र प्रहरी टोली घटना स्थलमा समयमै पुगेपछि आगो नियन्त्रणमा लिएको शाहीले बताए ।

कार्यालयको झ्याल सामान्य डढेको र धेरै क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गुरूविष्णु काफ्लेले बताए । उनले भने-'घटना किन ? र कसले ? गराएको हो भन्ने थाहा हुन सकेन । अनुसन्धान गरिरहेका छौँ ।'


मानदत्त रावल