अज्ञात समूहद्वारा गोली प्रहार गरी काङ्ग्रेस कार्यकर्ताको हत्या
परोहा नपा-२ जिङ्गडवा टोलका २५ वर्षीय अकवर भनिने महमद अबु सैयदलाई असोज ९ गते बिहान अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
नेपाली काङ्गे्रसको तर्फाबाट स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार रही पराजित बनेका महमद सेराजुद्धिनका छोरा सैयद आफ्ना साथीहरूसँगै घरको बरण्डामा सुतिरहेको अवस्थामा बिहान ३ बजेको समयमा अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ ।
छातिमा दुई गोली लागेका सैयदलाई तत्कालै उपचारको लागि गौर अस्पताल लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर अशोक झाले बताए ।
विपिन गौतम
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…