अज्ञात समूहद्वारा उम्मेदवारमाथि छुरा प्रहार
नेपाल सङ्घीय समाजवादी पार्टीका तर्फबाट प्रदेश सभाका उम्मेदवार बोदे बर्साइन नपा-२ का ४८ वर्षीय मोहम्मद सहमुद मियाँमाथि मङ्सिर १८ गते राति नौ बजे छुरा प्रहार भएको छ ।
घरदैलो सकेर मोटरसाइकलबाट घर फर्कने क्रममा बलान बिहुल गाउँपालिकाको बिहुल नदी नजिक नचिनेका मानिसको समूहले छुरा प्रहार गरी भागेको पीडितले बताए ।
पछाडिबाट दुई ओटा मोटरसाइकलमा आएका चार जनाको समूहले मोटरसाइकल रोक्न लगाई छुरा प्रहार गरेको देखेर उनका सहयोगीहरूले प्रहरीलाई खबर गरेपछि आक्रमणकारीहरू भागेको उम्मेदवार मियाँले बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेशकुमार सिंहका अनुसार घाइतेको दाहिने आँखिभौ माथि आधा इञ्च र दाहिने हत्केलामा सामान्य काटिएको घाउ छ । घटना लगत्तै घटनास्थल पुगेका इन्स्पेक्टर महेश खनालले चोट लागेका उम्मेदवार मियाँको स्थानीय क्लिनिकमा उपचारपछि तत्कालै घर फर्किएको बताए ।
मियाँ सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ (२) मा प्रदेश सभा सदस्य उम्मेदवार छन् । सो पदका लागि १२ जना प्रतिस्पर्धी छन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
आर्थिक अभावले उपचार नपाएका बोहराको चार वर्षदेखि गोठमा बास
घरको आर्थिक अवस्था निकै कमजोर भएर उपचार हुन नसकेका सिमकोट गाउँपालिका–२, ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा विगत चार वर्षदेखि गोठमा बस्न बाध्य हुनुभएको छ । आँखा नदेख्ने र हिँड्डुल…
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने…
कोशी प्रदेशका विभिन्न जिल्लामा पानीका मुहान सुक्दै जान थालेपछि बसाईसराइमा वृद्धि
कोशी प्रदेशका तराईसहित पहाडी जिल्लामा पानीका मुहान सुक्नुका साथै वातारणीय सन्तुलनमा समेत समस्या हुन थालेको छ । कोशी प्रदेशमा फैलिएर रहेको चुरे क्षेत्रमा प्राकृतिक दोहनका कारण जलवायु परिर्वतनका रूपमा तम्मर…
चार जनाको भरमा जिल्ला अस्पताल !
जिल्लास्तरीय अस्पताल चार जनाको भारमा मात्रै भनेर झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर, हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताल अहिले दरबन्दीका चारजनाको भरमा सञ्चालित छ ।…
कर्णाली प्रदेशः घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाको स्वास्थ्यमा समस्या !
कर्णाली प्रदेशमा घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाहरूको स्वास्थ्यमा समस्या देखिएको छ । कनकासुन्दरी गाउँपालिका–४, लेकपुर गाउँकी देबु बुढा गत वर्ष घरमै सुत्केरी हुनुभयो । बर्थिङ सेन्टर पुग्न तीन घण्टाको…