अज्ञात समूहको अक्रमणबाट घोडाघोडी नगरपालिकाका मेयर घाइते

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि फागुन २८ गते साँझ अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ । तीन जनाको समूहमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले टाउकामा खुकुरी र तिघ्रामुनी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सागर बोहोरालाई उद्घृत गर्दै इन्सेक धनगढी कार्यालयका प्रलेख अधिकृत कर्ष्णबहादुर बिकले जानकारी दिए ।

पीडित चौधरीको प्राम्भिक उपचार स्थानीय घोडाघोडी अस्पतालमा गरी थप उपचारका लागि राति नै कोहलपुरतर्फ लगिएको डिएसपी बोहोराले बताए ।


अनलाइन डेस्क