अज्ञात व्यक्तिद्वारा सशस्त्र प्रहरी बलका सहायक हवल्दारको हत्या
राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी बलका ३३ वर्षीय सहायक हवल्दार नरेन्द्र कुँवरको भदौ ८ गते बिहान भीमदत्त नगरपालिका-६ नहरमा टाउकोमा ढुङगाले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
भीमदत्त नगरपालिका-३ का कुँवर भदौ ७ गते राति ड्यूटी सकेर घर गइरहेको अवस्थामा मध्यरातमा हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । हत्या गरिएका कुँवरले चढेको म २ प ६२३ नम्बरको मोटरसाइकल पनि नहर किनारमा भेटिएको छ ।
उक्त घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी प्रकाशबहादुर चन्दले बताए ।
घटनामा संलग्न अपराधी पत्ता लगाई यथाशीघ्र कारबाही गर्न माग राख्दै कुँवरका आफन्तहरूले प्रदर्शन र राजमार्गमा चक्काजाम गराएका छन् । शवको पोष्टमार्टम महाकाली अञ्चल अस्पतालमा भदौ ८ गते भएको छ ।
कोमलनिरन्जन भाट
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…