अज्ञात रोगका कारण विद्यार्थीहरु बिरामी : पठनपाठन प्रभावित
जिल्ला सदरमुकाम सिमकोट स्थित तीनवटा विद्यालयका विद्यार्थीहरूमा एक हप्तादेखि पठनपाठनकै समयमा कक्षाकोठामै बेहोस् भइ बिरामी परेका छन् । सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालय, ६ स्थित मानसरोवर माध्यमिक विद्यालय र ७ स्थित कर्णाली माध्यमिक विद्यालयका गरी १८ जना विद्यार्थीहरु अज्ञात रोगबाट बिरामी भएका हुन् ।
विद्यार्थीहरु बेहोस भइ बिरामी हुनथालेपछि विद्यालयको पठनपाठन प्रभावित भएको बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्याक कैलाश रोकायाले जानकारी दिनुभयो ।
एक हप्तादेखि बिद्यालयमा अज्ञात रोगले विद्यार्थी बेहोस हुने क्रम बढिरहेको छ । विद्यालयमा अध्ययनरत बिद्यार्थी पढ्दा पढ्दै कक्षाकोठामा अनौठो क्रियाकलाप गर्दै बेहोस हुने गरेको प्रधानाध्याक रोकायाले बताउनु भयो ।
तीनवटै विद्यालयका छात्राहरुमा उक्त लक्षण देखिएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् । रुने, कराउने, काम्ने, बरबराउने र बेहोस हुनेजस्ता समस्या देखिन थालेपछि अहिले दैनिक ३ /४ जना बिद्यार्थीहरु बेहास भएर अस्पताल भर्ना गर्ने संख्या भने बढ्दै गएको छ ।
अघिल्लो सातादेखि नै एक दुई विद्यार्थीमा यो रोगको लक्षण देखिएको थियो । तर दिनानुदिन विद्यालयमा यसको संख्या बढ्न थालेपछि समस्या भएको र नामै खुल्न नसकेको रोगले विद्यार्थी बिरामी हुनथालेपछि पठनपाठनमा थप समस्या भएको कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक रामराज शाही, बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कलाश रोकाया र मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमर बहादुर शाहीले जानकारी दिनु भएको छ ।
बाल मन्दिर र मानसरोवर माध्यमिक विद्यालयका १३ जना बिरामी परेका विद्यार्थीहरुलाई जिल्ला अस्पतालमा उपचार भइरहेको र कर्णाली माध्यमिक विद्यालयका पाँच जना विद्यार्थीहरुलाई भने स्थानीय स्तरमै उपचार भइरहको छ ।
मास कन्भर्जन डिसअर्डरका कारण बिद्यार्थीहरु बेहोस भएको हुन सक्ने जिल्ला अस्पताल सिनियर अनमी बोहराले जानकारी दिनु भयो । यो रोग उपचार भन्दा पनि परामर्शले निको हुने भएकाले बिद्यार्थीहरुलाई मनोवैज्ञानिक परामर्शको आवश्यकता रहेको उहाँको भनाइ छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…