अज्ञात पक्षबाट स्काभेटरमा आगजनी, सेनाद्वारा शङ्कास्पद वस्तु डिस्पोज
सोलु खोला–दूधकोशी हाईड्रोपावर ८६ मेगावाट निर्माणाधीन क्षेत्रमा अज्ञात पक्षले एउटा स्काभेटरमा आगजनी गरेको छ ।
सोलु दूधकुण्ड नगरपालिका–११ भदौरे स्थित पावर हाउस निर्माण क्षेत्रमा रहेको स्काभेटरमा अज्ञात पक्षले जेठ ३२ गते राति आगजनी गरेको सो हाइड्रो पावर निर्माण कम्पनी साहस ऊर्जाका निर्देशक हिम पाठकले बताए ।
घटना जेठ ३२ गतेको भएपनि दूरदराजमा भएकाले असार १ गते मात्र आगजनी बारे थाहा भएको निर्देशक पाठकले बताए ।
त्यसैगरी आगजनीस्थलबाट १५ मिनेटको दुरीमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले असार २ गते डिस्पोज गरेको छ ।
उदयपुरबाट नेपाली सेनाको टोली दुई दिनको पैदल यात्रा गरी शङ्कास्पद वस्तु फेला परेको क्षेत्रमा असार २ गते पुगेपछि डिस्पोज गराएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर उत्तम कार्कीले बताए ।
प्रेसर कुकुरमा विष्फोटक पदार्थ राखी ब्लाष्ट गराउने उद्देश्यले राखिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको इन्स्पेक्टर कार्कीको भनाई छ ।
यसैबीच प्रहरीले आगजनी र शङ्कास्पद वस्तु राखेको आशङकामा अनुसन्धानका लागि गिरफ्तारीमा परेका दुई जनालाई असार २ गते छाडिएको जनाएको छ ।
अनुसन्धानका लागि गिरफ्तारीमा परेका नेचा सल्यान गाउँपालिका–२ का ३० वर्षीय भूपेन्द्र कार्की र सोही ठाउँका ३४ वर्षीय प्रकाश बस्नेतलाई आवश्यक सोधपुछ पछि असार २ गते छाडिएको इन्स्पेक्टर कार्कीले बताए ।
भोजराज कार्की
सम्बन्धित समाचारहरू
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…