अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी
थाहा नगरपालिका-५ को कार्यालयमा अज्ञात पक्षले असोज २६ गते राति आगजनी गरेको छ ।
आरनडाँडामा रहेको वडा कार्यालयमा असोज २६ गते राति करिब १२ बजेतिर आगजनी भएको वडा अध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिए ।
आगजनी पश्चात् कार्यालयको मिटर बक्स पड्केको आवाज सुनेर गाउँलेले खबर गरेको वडा अध्यक्ष गुरुङले बताए ।
अध्यक्ष गुरुङले भने–‘आएर हेर्दा ढोका फुटाएर, पेट्रोल, मट्टितेल छर्केर आगो लगाएको पाइयो ।'
आगजनीले वडा कार्यालयमा रहेका सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङका इन्स्पेक्टर लोकबहादुर गुरुङले बताए ।
घटनामा संलग्न रहेको आशङ्कामा पाँच जनालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । आगजनी घटनाको कुनै पनि समूह तथा व्यक्तिले जिम्मा लिएको छैन । उक्त वडा कार्यालय यसवर्ष मात्र बनाइएको हो ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…
जङ्गली च्याउ खाँदा १० जना बिरामी मध्ये एक जनाको मृत्यु
जिल्लाको व्यास नगरपालिका-३ मा जङ्गली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जङ्गली च्याउ टिपेर…