अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

  ०७६ असार १० गते

जयपृथ्वी नगरपालिका–३ को वडा कार्यालयमा असार १० गते बिहान अज्ञात पक्षबाट आगजनी गरिएको छ ।

आगजनीबाट वडा कार्यालयमा ठुलो क्षति नभए पनि कार्यालयको ढोका जलेको वडा अध्यक्ष कलक ओलीले बताए ।

वडा कार्यालयमा आगजनी भएको खबर बिहान ६ बजे प्राप्त भएपछि घटनामा संलग्न पक्षको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुर्यबहादुर केसीले बताए ।

उनले भने–‘बुङ्गल नगरपालिका–११ को वडा कार्यालयमा पनि शङ्कास्पद बस्तु राखिएको भन्ने खबर प्राप्त भएको छ । त्यसतर्फ पनि प्रहरी परिचालन गरिएको छ । शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मी खटाइएको छ ।’


रमेश केसी