अज्ञात पक्षबाट लघुवित्तमा आगजनी

भरतपुर महानगरपालिका-२६, ज्योतिनगरस्थित सूर्याेदय वोमी लघुवित्तीय संस्थाको कार्यालयमा अपरिचित व्यक्तिहरूले ०८० माघ २८ गते आगजनी गरेका छन् ।

मास्क लगाएका दुई जना अपरिचित व्यक्तिहरूले माघ २८ गते ३ बजे उक्त लुघवित्त संस्थामा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

लुघवित्त संस्थाको कार्यालयमा कार्यरत महिला कर्मचारीलाई डर धम्की देखाई व्यवस्थापनलाई समेत पर्चा थमाएर अर्काे कोठामा पठाई सिसाको बोतलमा रहेको पेट्रोल खनाएर आगजनी गरिएको उहाँको भनाइ छ ।

गजनी गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रवक्ता एवम् डिएसपी भण्डारीले बताउनु भयो । आगजनीबाट कार्यालयको कम्प्युटर, प्रिन्टर, टेबल, स्क्यानर र कुर्सी एक/एक थान जलेर नष्ट भएको छ ।

Photo_080-10-29_Chitwan


दिपेन्द्र अधिकारी