अज्ञात पक्षबाट बृद्ध दम्पतिको विभत्स हत्या
बोवाङमा एक बृद्ध दम्पतिको विभत्स हत्या भएको छ । साउन २५ गते राति ढोरपाटन नगरपालिका–८ बोवाङका ६८ वर्षीय भानबहादुर कामी र उनकी पत्नी ६० वर्षीया विमा कामीलाई अज्ञात पक्षले धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।
स्थानीयले साउन २६ गते बिहान प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्दा बञ्चरो प्रहार गरेर बृद्ध दम्पतिको हत्या गरेको देखिएको र थप अनुसन्धान भइरहेको भट्टले बताए ।
भानबहादुरको शव घर नजिककैको मकै बारी र विमाको शव घरभित्रै भेटिएको र पोष्टमार्टमको लागि वुर्तिवाङ स्वास्थ्य चौकीमा ल्याइएको उनले बताए ।
‘हामीले सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरिसकेका छौँ ।’–भट्टले भने–‘अपराधि चाँडै हाम्रो नियन्त्रणमा हुनेछ ।’
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…