अज्ञात पक्षबाट पावर हाउसमा बम विष्फोट

  ०७५ माघ २५ गते

चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको अरुण तेस्रोको पावर हाउसनजिकै अज्ञात पक्षले दुई ओटा बम पड्काएको छ ।

माघ २४ गते राति पावरहाउसदेखि १ सय १५ मिटर पूर्वमा बम पड्कँदा दुई ओटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।


बाबुराम बास्तोला