अज्ञात पक्षबाट ज्येष्ठ नागरिक महिलाको हत्या 

  ०८१ साउन ३१ गते 

बेसीशहर नगरपालिका-११ चिती बगैंचाकी ६५ वर्षीया सान्नानी घर्तीको आफ्नै घरमा साउन २९ गते राति हत्या भएको प्रहरीले जनाएको छ ।

घरमा एक्लै बस्दै आउनुभएकी सान्नानी साउन ३० गते बिहान काठमाडौं जाने भएकाले स्थानीय जीप चालकलाई लमजुङको उदिपुरसम्म छोडिदिन भन्नुभएकाले जीप चालक बिहान बोलाउन जाँदा शव आँगनमा लडिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको टाउको र अनुहारमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको देखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर थानेश्वर चपाईले बताउनु भयो ।

घटनाको थप अनुसन्धानका लागि पोखराबाट तालिमप्राप्त कुकुर सहितको टोली लमजुङ बोलाइएको इन्स्पेक्टर चपाईले जानकारी दिनु भयो शवको पोष्टमार्टमका लागि लमजुङको वेशीसहरस्थित जिल्ला अस्पतालमा ल्याइएको छ ।


सुमित्रा भुजेल