अज्ञात पक्षबाट गोली प्रहारबाट एक जना घाइते

  ०७४ चैत ६ गते

गरुडा नपा-५ का ५० वर्षीय रामअशिष राय यादवलाई चैत ५ गते राति अज्ञात पक्षले गोली प्रहार गरी घाइते बनाएको छ ।

कटहरिया नपा-८ प्रि्रा पोखरीयास्थित नेम इँटा उद्योगमा कार्यरत यादव उक्त इँटा उद्योगमा सुतिरहेको अवस्थामा राति साढे ११ बजे गोली प्रहार भएको पीडित पक्षले जनाएको छ ।

ढाडमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई गरुडामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामकुमार दानीले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा एकजनालाई गिरफ्तार गरिएएको भएपनि प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । घटनाको अनुसन्धानपछि सम्पूर्ण विवरण उपलब्ध गराइने डिएसपी दानीले बताए ।


बिपिन गौतम