पहिचान नखुलेका व्यक्तिहरुद्वारा ६ ओटा सरकारी गाडी तोडफोड

  ०८१ जेठ २७ गते

कोशी प्रदेश नीति तथा योजना आयोग र नेपाल विद्युत प्राधिकरणका ६ ओटा सरकारी सवारी साधनमा पहिचान नखुलेका व्यक्तिहरुले तोडफोड गर्नुका साथै आगजनी गरेको प्रहरीले जनाएको छ ।

को १ झ ६४४, बा एबी ८१८०, बागमती प्रदेश ०१ ०० ञ २७०१, बा १ ञ २४१९, बा ००१ ञ २९९० र बा १ ञ १८८७ नम्वरको गाडीमा पहिचान नखुलेका व्यक्तिहरुले ०८१ जेठ २६ गते तोडफोड गरेको प्रहरीले जनाएको छ ।

महेन्द्र मोरङ क्याम्पस अगाडि ०८१ जेठ २७ गते र पार्किङ्गमा राखिएका विद्युत प्राधिकरणका गाडीमा जेठ २६ गते पहिचान नखुलेका व्यक्तिहरुले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयो ।

गाडीमा किन र के कति कारणले आगजनी र तोडफोड भएको हो सो विषयमा खुल्न बाँकी रहेको डिएसपी बस्नेतले बताउनु भयो । प्रहरीले घटनामा संलग्नहरुको खोजी थालेको छ ।

सवारी तोडफोडबाट १५ लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतको भनाइ छ ।

निजी विद्यालयले चर्को शुल्क असुलेको आरोप लगाउँदै ०८१ जेठ २५ गते रङ्गेली नगरपालिका घेर्ने विद्यार्थीलाई प्रहरीले गिरफ्ता गरेपछि सरकारी सवारी साधनमा तोडफोड गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।


विनोद सुवेदी