अज्ञात पक्षद्वारा स्टाफ नर्सको हत्या

सिरहाको फुल्काहकट्टी स्थायी घर भइ विराटनगर महानगरपालिका-४ मा डेरा गरी बस्दै आएकी २२ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ ।

नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सको विराटनगर-४ स्थित डेरामा ०८० चैत २ गते चोटपटक लागेको अवस्थामा लास फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।

अज्ञात पक्षले कुटपिट र रडले हिर्काएर हत्या गरेको हुन सक्ने डिएसपी दाहालले बताउनु भयो । पीडित परिवार सम्पर्कमा आएपछि शवको पोष्टमार्टम कोशी अस्पतालमा गरिने तयारी प्रहरीले गरेको छ ।


विनोद सुवेदी