अज्ञात पक्षद्वारा स्काभेटरमा आगजनी
थुलुङदूधकोशी गाउँपालिकामा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
दूधकोशी हाइड्रोपावरले प्रयोग गर्ने बाटो निर्माणमा प्रयोग गरिएको रादुर कन्स्ट्रक्सन कम्पनीको स्काभेटरमा अज्ञात पक्षले ०८० साउन ४ गते आगजनी गरेको प्रहरीले जनाएको छ ।
सडक निर्माणका लागि प्रयोग गरिएको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर साहले बताउनु भयो ।
थुलुङदूधकोशी गाउँपालिका–४ बादे पुलदेखि दूधकोशीहाइड्रोपावर–२ पञ्चमसम्मको बाटो निर्माणका प्रयोग भइरहेको स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेको इन्स्पेक्टर साहले बताउनु भयो ।
आगजनीका कारण स्काभेटरको अगाडिको भागमा पूर्ण रूपमा क्षति पुगेको छ । आगजनीबाट २० देखि ३५ लाख रुपियाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नहरूको खोजी थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भर्त्सना
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेको घटनाप्रति इन्सेकले ०८१ माघ २ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको…
अन्धविश्वासका कारण सुत्केरीहरु पोषिलो खानबाट वञ्चित !
जिल्लामा अन्धविश्वास कायमै रहेका कारण सुत्करीहरु पोषिलो खानबाट वञ्चित हुदैआएका छन् ।सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा र अन्धविश्वासका कारण सुत्केरीहरु गाईभैंसीको दूध दही लगायतका…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…