अज्ञात पक्षद्वारा स्काभेटरमा आगजनी
थुलुङ दूधकोशी गाउँपालिका–४ मा बाटो खन्ने क्रममा राखिएको स्काभेटरमा अज्ञात पक्षले असार ६ गते आगजनी गरेको प्रहरीले जनाएको छ ।
थुलुङ दूधकोशी गाउँपालिका–२ स्थित जलेश्वरी हाइड्रोपावरले नयाँ सडक विस्तारका लागि प्रयोग गर्दे आएको स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो ।
थुलुङ दूधकोशी गाउँपालिका–४ को बादेदेखि छिक्ली जाने सडक खन्ने क्रममा पार्किङ गरी राखेको खामपाचे शेर्पा निर्माण सेवाको बा.२ क ४७७८ नम्बरको स्काभेटरमा अज्ञात पक्षले ०८० असार ६ गते आगजनी गरेको प्रहरीको भनाइ छ ।
आगजनीबाट स्काभेटरको अगाडिको क्याविनको भाग र इलेक्ट्रोनिक भाग जलेर नष्ट हुँदा ४० लाख रुपियाँ बराबरको क्षति भएको छ ।
घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।
अञ्जु कार्की
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार…
१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !
जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, यदुकुहामा उजुरी दिनुभएको छ । पीडित…
यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद…
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले…