अज्ञात पक्षद्वारा स्काभेटरमा तोडफोड
फिदिम नगरपालिका–६ स्थित साम्दिन–नवमीडाँडा सडक खण्डको शिवामा पार्किङ गरेर राखिएको स्काभेटरमा अज्ञात पक्षले जेठ २७ गते तोडफोड गरेको प्रहरीले जनाएको छ ।
पार्किङमा राखिएको स्काभेटरमा रातको समयमा तोडफोड भएको स्वच्छन्द कन्काइ जेभी कम्पनीका व्यवस्थापक डीबी लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
तोडफोडबाट स्काभेटरको अगाडिको भागमा क्षति पुगेको छ । तोडफोडबाट ४ लाख रुपियाँ बराबरको क्षति भएको लामाले बताउनु भयो ।
घटनाको विषयमा प्रहरी चौकी नवमीडाँडामा जेठ २८ गते निवेदन दिएको व्यवस्थापक लामाले बताउनु भयो ।
स्काभेटरले फिदिम नगरपालिका–२ र फाल्गुनन्द गाउँपालिका–१ जोड्ने साम्दिन–नवमीडाँडा सडक खण्डमा सडक पिच गर्ने काम गरिरहेको थियो ।
घटनामा संलग्नको खोजी भइरहेको प्रहरी चौकी नवमीडाँडाले जनाएको छ ।
मङ्गल वेघा
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी
३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नगरपालिका–१२ का ४० वर्षीय रामदेव दास विरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज ९ गते उजुरी दिनु भयो । पीडित पक्षका…
यौन दुर्व्यवहार घटनाको कसुरमा बालकलाई सुधार गृहमा राख्ने फैसला
नौ वर्ष ३ महिना १५ दिनकी बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १४ वर्ष ५ दिनका बालकलाई २०८० असोज ८ गते साढे १ वर्ष बाल सुधार गृहमा राख्ने फैसला भएको छ…
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईः आठ दिनदेखि धर्नामा
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईशान श्रेष्ठ (ईः ) आठ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बस्नुभएको छ । फुटपाथ व्यवसायीमाथि महानगरपालिकाले दुर्व्यवहार गर्न बन्द गरिनु…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० असोज ९ गते स्याङ्जाको वालिङ नगरपालिका-६ का २३ वर्षीय रेमन गुरुङ र चितवनको रत्ननगर नगरपालिका-१६ का २३…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-१० का वडाध्यक्ष ३५ वर्षीय छविरमण धमलालाई असोज ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार…