अज्ञात पक्षद्वारा वृद्धाको हत्या
धरान उपमहानगरपालिका–२० की ६५ वर्षीया पूर्णिमाया राईको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ ।
धरान उपमहानगरपालिका–२० चिण्डेडाँडामा बस्दै आउनु भएकी राईको भदौ ३० गते अज्ञात पक्षले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एक्लै बस्दै आउनु भएकी वृद्धाको भदौ २९ गते नै अज्ञात पक्षले हत्या गरेको तर भदौ ३० गते मात्र घटनाका विषयमा प्रहरीले जानकारी पाएपछि घटनाका विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी वुद्ध श्रेष्ठले बताउनु भयो ।
शवको पोष्टमार्टम भदौ ३१ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…