अज्ञात पक्षद्वारा विद्यालयमा तोडफोड
फिक्कल गाउँपालिका–२ मा रहेको श्री माध्यमिक विद्यालय चण्डिभञ्ज्याङ सुम्नाम्सुन्तलेमा साउन २३ गते राति अज्ञात पक्षद्वारा तोडफोड गरी विद्यालयका सामान चोरी भएको छ ।
विद्यालयमा राति आएका अज्ञात पक्षले विद्यालय तोडफोड र चोरी गरेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले बताउनु भयो । विद्यालयमा तोडफोड गरी सामग्री समेत चोरी भएको जानकारी साउन २४ गते मात्रै थाहा हुन आएपछि घटनाका सम्बन्धमा वडा कार्यालय, गाउँपालिका र खाङसाङ प्रहरी चौकीलाई जानकारी गरिएको उहाँले बताउनु भयो ।
साउन २३ गते विद्यालय बन्द गरेर साउन २४ गते बिहान ९ बजे विद्यालय खोल्न आउँदा विद्यालयमा चोरी भएको थाहा भएको थियो ।
अज्ञात पक्षले विद्यालयको प्रशासन शाखामा लगाएको ताला तोडेर कार्यालयमा रहेका कम्प्युटर, ल्यापटपलगायत जिन्सी सामग्री गरी झण्डै २५ लाख रुपियाँ बराबरको क्षति पुर्याएको फिक्कल गाउँपालिका–२ का वडा अध्यक्ष शङ्करबहादुर भण्डारीले बताउनु भयो ।
पाँच ओटा कोठामा रहेका स्मार्ट बोड, टिभि, कम्प्युटर ल्याव, प्रोजेक्टर, साइन्स ल्याब, पुस्तकालय, क्यान्टिन तोडफोड गरेको वडाध्यक्ष भण्डारीले जानकारी दिनु भयो । विद्यालयका चार ओटा ल्यापटपसमेत चोरी भएको विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले बताउनु भयो ।
विद्यालयले साउन २४ गते बिहान विद्यालयमा चोरी भएको जानकारी गराएपछि प्रहरीले घटनास्थलको मुजुल्का तयार पारेको र आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोबिन्दराज काफ्लेले जानकारी दिनु भयो ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…