अज्ञात पक्षद्वारा विद्यालय र स्वास्थ्य चौकीमा तोडफोड

  ०७८ भदौ १८ गते

बोगटान फुडसिल गाउँपालिका–२ स्थित केदारअखडा माध्यमिक विद्यालयको कार्यालय र केदारअखडा स्वास्थ्य चौकीमा अज्ञात पक्षद्वारा भदौ १६ गते राति तोडफोड गरिएको छ ।

अज्ञात पक्षद्वारा विद्यालयको कार्यालयमा लगाएको ताला तोडेर कार्यालय भित्र प्रवेश गरी सात ओटा दराज, फर्निचर र कागज–पत्र च्यातेर क्षती पुर्‍याइएको बोगटान फुडसिल गाउँपालिका–२ का अध्यक्ष कर्ण बोहराले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

स्वास्थ्य चौकीको ढोका फोडेर प्रशूतिगृहमा क्षती पुगेको, औषधिहरु फ्याकिएको र दराजहरु तोडफोड गरिएको केदारअखडा स्वास्थ्य चौकीका प्रमुख पारस बोहराले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

विद्यालय र स्वास्थ्य चौकीमा अज्ञात पक्षद्वारा तोडफोड गरिएको सूचना भदौ १७ गते विहान प्राप्त भएपछि तत्काल प्रहरी परिचालन गरी क्षतीको विवरण सङ्कलन गरिएको र घटनामा सङ्लग्न पक्षको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, चमराचौताराका असई बिरेन्द्र शाहले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।


गणेश जोशी