अज्ञात पक्षद्वारा रूरूक्षेत्र गाउँपालिका सहित तीन ओटा कार्यालयमा तोडफोड

रूरूक्षेत्र गाँउपालिकाको कार्यालयमा पुस १५ गते अज्ञात पक्षले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

अज्ञात पक्षले गाउँपालिकाको कार्यालय सहित मैत्री सहकारी संस्था र आइएमईमा तोडफोड गरेर ७ लाख रूपियाँ, गाउँपालिका प्रमुख निलकण्ठ गौतम र उपप्रमुख लक्ष्मीदेवी पन्थको कार्यकक्षको दराज तोडफोड गरेर उपाध्यक्षको कार्यकक्षमा अनुसन्धानकालागि राखेको २ लाख ५० हजार रूपियाँको बैंक चेक समेत लगेको गाँउपालिकाका स्वास्थ्य संयोजक छत्र अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रसिह खडकाले घटनाको अनुसन्धान  भइरहेको बताउनु भयो ।


टोपलाल अर्याल