अज्ञात पक्षद्वारा महिलाको हत्या
मनोसामाजिक समस्या हुनु भएकी भोक्राहा नरसिंह गाउँपालिका-१ की ४२ वर्षीया सैफुन खातुनको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ ।
इनरुवा नगरपालिका-३ गणेशपुर जाने बाटो नजिकै ०८१ साउन १८ गते खातुनको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भयो ।
मृतकको शरीरमा चोट देखिएकाले अज्ञात पक्षले हत्या गरेर फालेको अनुमान गरिएकोे डिएसपी भण्डारीले बताउनु भयो ।
शरीरभरी चोट देखिएकाले साउन १७ गते राती दिदीको हत्या भएको मृतका भाइ काशिम मियाँको भनाइ छ । शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपामा साउन १९ गते गरिएको छ । पीडित पक्षले साउन १९ गते शव बुझी सद्गत गरेको छ ।
घटनामा संलग्नको पहिचान र खोजी थालिएको प्रहरीले जनाएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…