अज्ञात पक्षद्वारा बालकको हत्या
कोशी गाउँपालिका–२ का १६ वर्षीय बालक रञ्जीतकुमार यादवको अज्ञात पक्षले पुस १९ गते हत्या गरेको प्रहरीले जनाएको छ ।
कोशी गाउँपालिका–२ पश्चिम कुशाहाका ४३ वर्षीय देवराम यादवका १६ वर्षीय छोरा रञ्जीत पुस १९ गते दिउँसोदेखि हराएको र पुस २० गते बालकको लास आधा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो ।
पुस १९ गते दिउँसो छोरा घरबाट लौकही गएको र त्यसपछि घर नफर्किएपछि खोजी गर्दा पुस २० गते कोशी गाउँपालिका–२ स्थित कोशी माध्यमिक विद्यालय नजिक छोराको लास फेला परेको बाबु देवराम यादवले बताउनु भयो ।
शरीरभरी चोट र घाँटीमा बटारिएको डाम भेटिएकाले हत्या गरेर फालेको डिएसपी राईले बताउनु भयो ।
शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पुस २० गते गरिएको छ ।
पीडित पक्षले पुस २० गते शव बुझी कोशी गाउँपालिका–१ मरिया खोलामा सद्गत गरेको मृत्तक बालकका बाबु देवराम यादवले बताउनु भएको छ ।
प्रहरीले घटनाका विषयमा अनुसन्धान थालेको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…