अज्ञात पक्षद्वारा पत्रकारमाथि कुटपिट
रेडियो राष्ट्रियमा कार्यरत सञ्चारकर्मी तथा पत्रकार कैलाश जोशीलाई जेठ २ गते राति अज्ञात पक्षले आक्रमण गरी कुटपिट गरेका छन् ।
भीमदत्त नगरपालिकाको मतगणनास्थलबाट फर्किएर ऐठपुरस्थित साइकल स्टोरमा पुग्दा सदरमुकामस्थित मुनसाइन होटलबाट निस्किएका अज्ञात युवाहरुको समुहले कारको ढोकामा हिर्काएपछि किन हिर्काएको भनेर भन्दा आक्रमण गरी कुटपिट गरेको पीडित पत्रकार जोशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
अज्ञात पक्षको कुटपिटबाट मुख र अनुहारभरी निलडाप परेको र आफूलाई बचाउन आएका स्थानीयहरुलाई समेत अज्ञात युवाहरुको समुहले हातपात गरेको पीडित जोशीले बताउनु भयो ।
कुटपिटबाट घाइते भएका पत्रकार जोशीको महाकाली अस्पतालमा उपचार भएको छ ।
पीडित पत्रकार जोशीले वडा प्रहरी कार्यालयमा जेठ ३ गते उजुरी दिएपछि घटनामा संलग्न पक्ष मध्ये भिमदत्त नगरपालिका–६ का २५ वर्षीय राजेश चन्दलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र फरार रहेका अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको वडा प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश भण्डारीले बताउनु भयो ।
कुटपिटबाट घाइते हुनु भएका पत्रकार जोशी नेपाल पत्रकार महासंघ, कञ्चनपुरका साधारण सदस्य पनि रहनु भएको छ ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…