अज्ञात पक्षद्वारा नमस्तेको टावर तोडफोड
चंखेली गाउँपालिका–६ को मासिधारास्थित नमस्तेको टावर अज्ञात पक्षद्वारा तोडफोड गरेका छन् ।
गाउँपालिकाको मासिधारमा रहेको नमस्तेको टावरलाई असोज १० गते तोडफोड गरेको भन्दै गाउँपालिकाको कार्यालयले घटनामा संलग्न व्यक्तिको खोजी कार्यको मागगर्दै असोज १२ गते मेल्छाम प्रहरी चौकीलाई उजुरी गरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनु भयो ।
टावर तोडफोड गर्दा चंखेली गाउँपालिकाका ६ हजार ६ सय स्थानीय सेवाग्राही उक्त सेवाबाट बञ्चित भएको स्थानीय रविन्द्र देवकोटाले बताउनु भएको छ । घटनामा संलग्नको खोजी भइरहेको मेल्छाम प्रहरी चौकीका हवल्दार इश्वर बुढाथोकीले जानकारी दिनु भयो ।
अध्यक्ष शाहीका अनुसार नेपाल टेलिकमको केन्द्रिय कार्यालयले पूर्ण रूपमा टावरको सुरक्षाको प्रत्याभुति नभएसम्म मर्मत कार्य नगर्ने जानकारी दिएकाले गाउँपालिकाको तर्फबाट प्रतिवद्वता–पत्र समेत टेलिकमलाई लेखेर बुझाएको छ ।
तर नेपाल टेलिकमका निमित्त कार्यालय प्रमुख रिन्जीन आंग्मु लामाले हालसम्म प्रहरी मुचुल्का प्रमाणित गरी नल्याएका कारण उक्त मर्मत कार्यलाई अगाडी बढाउन नसकिएको प्रतिक्रिया दिनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…