अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या

अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा मृतक पक्षले इलाका प्रहरी कार्यालय, बेलाटारीमा जेठ २३ गते उजुरी दिएका छन् ।

कृषि, पशुपालन गर्दै आएका उनीहरू चौपायाको  रेखदेख गर्न घरदेखि चार किलोमिटरको दुरीमा रहेको गोठमा गई सुतेका र सोही गोठमो हत्या भएको जिल्ला प्रहरी कार्यालयका एसपी बिनोद सिलवालले बताउनु भयो ।

हत्यापछि शव आगनमा फालिएको थियो । घटनाको अनुसन्धानकालागि तालिम प्राप्त कुकुर सहितको टोलीले अनुसन्धान गरिरहेको एसपी सिलवालले बताउनु भयो ।

शवको पोष्टमार्टम  जेठ २३ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।


नारायण पराजुली