अज्ञात पक्षद्वारा जेसीबीमा आगजनी
सोलु खोलामा निर्माणाधीन मिड सोलु हाइड्रोपावरले प्रयोग गरेको जेसीबीमा अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।
सोलुदूधकुण्ड नगरपालिका–६ मा हाइड्रोपावरको कार्यक्षेत्रमा पार्किङ गरीराखेको प्रदेश ३–०१००३ प्र.७०४८ नम्बरको जेसीबीमा अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश यादवले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
असोज २६ गते कार्यक्षेत्रमै पार्किङ गरी अपरेटर दशैँ मनाउन घर गएको समयमा आगजनि भएको भएपनि कहिले आगजनि भयो भन्ने एकिन हुन बाँकी रहेको इन्स्पेक्टर यादवले बताउनु भयो ।
आगजनी भएको जेसीबी सोलुदूधकुण्ड नगरपालिका–६ का ३५ वर्षीय दिलकुमार बस्नेतको भएको र सङ्गीता कन्स्ट्रक्सन काठमाण्डौँको नाममा रहेको प्रहरीले जनाएको छ ।
जेसीबीमा आगजनी भएको विषयमा असोज ३१ गते मात्रै प्रहरीलाई जानकारी प्राप्त भएकाले घटनाको विषयमा अनुसन्धान थालिएको डिएसपी कवित कट्वालले बताउनु भयो ।
आगजनीबाट कति मूल्य बराबरको क्षति भयो भन्ने विषयमा यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
भोजराज कार्की
सम्बन्धित समाचारहरू
नेपालकै पहिलो बालमैत्री नगरका ३३ जना बालबालिकामा कुपोषणको समस्या
बालमैत्री नगर घोषणाका लागि ०६६ देखि योजना तय गरी ०७३ वैशाख ३१ गते नेपालकै पहिलो बालमैत्री नगरका रूपमा घोषणा गरिएको विराटनगरमा ३३ जना बालबालिकामा कुपोषणको समस्या पाइएको छ । विराटनगर…
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…