अज्ञात पक्षद्वारा जनप्रतिनिधिको घरमा आगजनी
पाख्रिबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाँईको घरमा अज्ञात पक्षले मङ्सिर १६ गते राति आगजनी गरेको प्रहरीले जनाएको छ ।
घरको माथिल्लो तलमा सुतेको अवस्था अज्ञात पक्षले घरको तल्लो तलामा राखिएका कपडा भेला पारेर आगो लगाइ दिएको वडाध्यक्ष गुरागाँइले बताउनु भयो ।
आगो लगाए नजिक ग्यास सिलिण्डर राखिएको वडाध्यक्ष गुरागाँइले बताउनु भयो ।
कपडा जलेको गन्ध आएपछि उठेर हेर्दा आगो लागेको थाहा पाएको र छिमेकीसँग गुहार मागिएको वडाध्यक्ष गुरागाँईको भनाइ छ ।
ग्याँस सिलिण्डरसहित आगो लगाउन खोजिएकाले घटना शङ्कास्पद रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजबाबु महर्जनको भनाइ छ ।
ईश्वर थापा
सम्बन्धित समाचारहरू
जिल्लामा बालविवाह कायमै हुँदा किशोरीहरूको स्वास्थ्यमा जोखिम
जिल्लामा बालविवाह कायमै हुँदा युवती तथा किशोरीहरूको स्वास्थ्यमा जोखिम हुँदै गएको छ । जिल्लामा २० वर्ष मुनिका किशोर किशोरीले विवाह गर्न नमिल्ने कानुनी प्रावधान भए पनि मुगुमा बालविवाह कायमै रहेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-४ का ३७ वर्षीय श्याम कुमार महरा चमारलाई ०८१ भदौ १८ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ । आरोपित महराले…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लालबन्दी नगरपालिका-१६ का २८ वर्षीय दिलबहादुर घलानविरुद्ध पीडित पक्षले ०८१ भदौ १७ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिनुभएको छ । घरमा कोही नभएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नगरपालिका-२ का ३७ वर्षीय कृष्ण धोवीलाई प्रहरीले ०८१ भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १९ गते बलात्कार गरेको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–२ का लक्ष्मीकान्त पनेरूलाई ०८१ भदौ २० गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० चैत १२ गते बलात्कार गरी फरार…