अज्ञात पक्षद्वारा विद्यालयमा तोडफोड
जोरायल गाउँपालिका–३ चनकट्टेमा रहेको शिवपुर माध्यमिक विद्यालयमा फागनु ७ गते राति अज्ञात पक्षद्वारा तोडफोड गरिएको छ ।
मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले विद्यालय तोडफोड गरेको विद्यालयका कार्यालय सहयोगी महेश साउदले बताउनु भयो।
अज्ञात पक्षले विद्यालयको प्रशासन शाखामा लगाएको ताला तोडेर कार्यालयमा रहेका कम्पियुटर, ल्यापटपलगायत जिन्सी सामाग्री गरी झण्डै ७ लाख रुपियाँ बराबरको चोरी गरेर लगेको विद्यालयका प्रधानध्यपक पदम उपाध्ययले बताउनु भयो ।
विद्यालयमा तोडफोड गरी सामाग्री समेत चोरी भएको जानकारी फागनु ८ गते मात्रै थाहाँ हुन आएपछि घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय, जोरायलमा जानकारी गराएको प्रधानध्यापक उपाध्यले बताउनु भयो ।
विद्यालयमा तोडफोड गरिनुको साथै विद्यालयको सम्पत्ती समेत चोरी भएको जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी टोली परिचालन गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय, जोरायलका सई आनसिंह धामीले बताउनु भयो ।
घटनाको अनुसन्धान गर्दै जाँदा जोरायल गाउँपलिका–३ को भेलटुक्रा जङ्गलमा विद्यालयको ल्यापटप भेटिएको र घटनामा संलग्न पक्षको खोजी कार्य भइरहेको सई धामीले बताउनु भयो ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयक ल्याउन द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…