अज्ञात पक्षको आक्रमणबाट मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकाका गाडी चालक घाइते
मिसन टुडे राष्ट्रिय दैनिकका पत्रिकाका गाडी चालक कोहलपुर नगरपालिका–१२ का ३२ वर्षीय गणेश खत्री अज्ञात पक्षको आक्रमणबाट घाइते भएका छन् ।
मिसन टुडे राष्ट्रिय दैनिकको प्लेट लिएर नेपालगञ्जबाट कोहलपुर जादै गर्दा भे १ च ३८१२ नम्बर प्लेटको गाडीका चालक माथि फागुन १७ गते कोहलपुरको न्यूरोडमा मोटरसाइकल र स्कुटरमा आएका अज्ञात व्यक्तिहरूले गाडीमा तोडफोड गर्नुका साथै चालक खत्रीलाई कुटपिट गरेको मिसन टुडे राष्ट्रिय दैनिकका प्रकाशक विनोद पौडेलले बताउनु भयो ।
उनीहरूले गाडीको चावी, कागजपत्र नियन्त्रणमा लिएर कुटपिट पछि छाडेर भागेको पौडेलले बताउनु भयो ।
कुटपिटबाट मुखमा चोट लागेका घाइतेको फागुन १७ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गरिएको थियो ।
घटनाका सम्बन्धमा मिसन टुडे राष्ट्रिय दैनिकका प्रकाशक विनोद पौडेलले फागुन १७ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा दिनु भएको छ ।
घटनामा सङ्लग्न व्यक्तिहरूको खोजीकार्य भइरहेको र उनीहरूले प्रयोग गरेकाे मोटरसाइकल धनी सम्पर्कमा आएकोले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले बताउनु भयो ।
घटनाका सम्बन्धमा पत्रकार महासंघ बाँके शाखाले फागुन १८ गते प्रेस विज्ञप्ति प्रकाशन गरी घटनाले सुरक्षा सम्वेदनशिलता माथि गम्भीर प्रश्न उब्जाएको भन्दै घटनामा सङ्लग्न भएकाहरूको तत्काल पहिचान गरी कानुन बमोजिम कारबाही गर्न जोडदार माग गरेको छ ।
लक्ष्मी थारू
सम्बन्धित समाचारहरू
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कार्यालय मल्लरानी गाउँपालिका — ४ का २४ वर्षीय अनिल नेपालीलाई चैत ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपपितद्वय अनिल नेपाली र…