अछाममा १५ हजार मेट्रिकटन खाद्यन्न अभाव
लामो खडेरीका कारण गएको आर्थिक वर्षको अन्नबाली उत्पादनमा कमी आएपछि अछाम जिल्लामा १५ हजार भन्दा बढी प्रशोधित खाद्यन्न अभाव रहेको र यसवर्षअघिल्लो आर्थिक वर्ष०७२/७३ भन्दा दोब्बर खाद्यन्न अभाव देखिएको जिल्ला कृषि विकास कार्यालय, अछामले जनाएको छ ।
खाद्यन्नको अभावसँगै अन्य जिल्लाबाट खाद्यन्न ढुवानी हुन नसक्दा आर्थिकस्तर कमजोर र पहुँच नपुग्ने परिवार भोकमारीमा पर्ने कार्यालयको बुझाइ छ । समयमै अछाममा यस वर्षखाद्यन्न ढुवानी हुन नसकेमा दिनभरी ज्याला, मजदुरी गरेर बेलुकी खाद्यन्न किनेर खाने परिवारलाई सबैभन्दा बढी मार पर्ने मङ्गलसेनका नरेश शाहीले बताए ।
जिल्लामा गएको आर्थिक वर्षमा धान पछिको गहुँ उत्पादनमा मात्रै ३० प्रतिशतले कमी आएको कार्यालयका वरिष्ठ अधिकृत कृष्णहरी देवकोटाले जानकारी दिए । उनका अनुसार समयमै अन्य जिल्लाबाट खाद्यन्न ढुवानी भएर नागरिकले उपभोग गर्न पाउनु पर्छ ।
अछामको २ लाख ७५ हजार भन्दा बढी जनसङ्ख्यालाई वार्षिक रूपमा करिव ६० हजार मेट्रिकटन प्रशोधित खाद्यन्न आवश्यक रहेको कार्यालयले जानकारी दियो ।
जिल्लामा उत्पादन भएको, खाद्य संस्थान र व्यापारीहरूमा करिव ४५ मेटि्रकटन खाद्यन्न रहेको कार्यालयले जनाएको छ ।
शिवराज ढुङ्गाना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…