अछामका तीन स्थानमा बम फेला

तुर्माखाँद गाउँपालिकाका दुई स्थानमा र ढकारी गाउँपालिकामा असार १३ गते बाल्टीन बम फेला परेका छन् ।

तुर्माखाँद गाउँपालिका-५ को नाडा र ढकारी गाउँपालिका-४ मा बिहान भेटिएका बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कर्णबहादुर बमले जानकारी दिए ।

तुर्माखाँद गाउँपालिका-८ मा भेटिएको बमका बारेमा बुझेर डिस्पोज गर्न सेना सहितको टोली गएको बताइएको छ ।

बम राखिएका ठाउँ र गाउँ मतदान केन्द्रबाट निकै टाढा रहेको अछाम प्रहरीको भनाइ छ । अछाममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाताहरूलाई मानसिक त्रास दिनका लागि बम राखेको अछाम प्रहरीले अनुमान गरेको छ ।

स्थानीय तहको निर्वाचनमा सुरक्षा सम्वेदनशीलतालाई विश्लेषण गरी कडा सुरक्षा व्यवस्था गरिएको जिल्ला सुरक्षा समितिले बताउँदै आएको छ । जिल्ला सुरक्षा समितिले अछामका ४७ मदतान केन्द्र अति सम्वेदशीलको सूचीमा राखेको छ ।


शिवराज ढुङ्गाना