अङ्गरक्षक महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको घटनाका आरोपित इन्स्पेक्टर गिरफ्तार

  ०७९ असोज १६ गते

इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यरत २५ वर्षीया महिला प्रहरीलाई बलात्कार प्रयास गरेको आरोपमा सोही कार्यालयका इन्चार्ज इन्स्पेक्टर ५२ वर्षीय अपूर्व ढुङ्गानालाई प्रहरीले असोज १६ गते गिरफ्तार गरेको छ ।

आफूमाथि ०७९ असोज १५ गतेराती जबरजस्ती करणी उद्योग गरेको भन्दै २५ वर्षीया एक महिला प्रहरीले जिल्ला प्रहरी कार्यालयका प्रमुख राकेश सिंहसमक्ष उजुरी गरेपछि छानबिनका लागि इन्स्पेक्टर ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको डिएसपी श्यामबहादुर खत्रीले बताउनु भयो ।

डीउटीमा बसेकी महिला प्रहरीले आफूमाथी अन्याय भएकोले न्याय पाउँ भन्दै उजुरी प्राप्त भएको धादिङका प्रमुख एसपी राकेश सिंहले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय धादिङले उजुरीमाथि छानबिन भइरहेको जनाएको छ ।


सीताराम अधिकारी