अखण्ड गाविसको माग गर्दै स्थानीयबासी आन्दोलित

टेम्मा गाविसलाई प्रस्तावित साकेला गाउँपालिकामा गाभिएको भन्दै सदरमुकाम दिक्तेलमा टेम्मा, याम्खा र डाडागाउँबासीले धर्ना दिएका छन् ।

photo20161204khotang

याम्खा, छितापोखरी, सप्तेश्वर छितापोखरी, ओख्रे डाँडागाउँ, याम्खा, छोरम्बु र टेम्मालगायतका गाविसलाई भूगोलले साथ दिएको टेम्मा गाविसमा उपलब्ध प्राकृतिक स्रोत र साधनहरू सात गाविसले समानुपातिक ढङ्गले सदुपयोग गरिँदै आएका कारण टेम्मा गाविसलाई प्रस्तावित द्रि्रुङ गाउँपालिकाबाट अलग गरेर प्रस्तावित साकेला गाउँपालिकामा लगिएका कारण आन्दोलित बन्नु परेको सङ्घर्ष समितिका संयोजक शरणकुमार राईले बताए ।

आयोगले दिएको कार्यशर्त र कार्यविधि विपरीत जिल्लास्थित १० ओटा राजनीतिक दल, स्थानीय पुनः संरचना प्राविधिक आयोगको गलत प्रकियाका कारण व्यक्तिका शर्तका कारण सात गाविसको मुटुमा अवस्थित टेम्मा गाविसलाई टुक्र्याएको सङ्घर्ष समितिले जनाएको छ । शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरिए कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने संयोजक राईले चेतावनी दिए ।


सुनिता मगर